Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनको मूल्य हालसम्मकै उच्च


  • सोमबार, मंसिर ११ २०८०

  • सुनको मूल्य हालसम्मकै उच्च

    काठमाडौं- नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ४ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यो मूल्य हालसम्मकै उच्च हो । गत असोज १२ गते आइतबार सुनको मूल्य एक लाख १७ हजार रुपैयाँ पुगेको थियो ।
    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १७ हजार ४ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ८५० सय रुपैयाँ रहेको छ ।

    त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ८५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला एक हजार पाँच सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij