Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर


  • आइतबार, मंसिर १० २०८०

  • नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर

    काठमाडौं – अमेरिकी डलर हालसम्मकै महँगो भएको छ। नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर बनेको छ । आइतबारका लागि राष्टबैंकले अमेरिकी डलरको खरीद दर रु.१३३.१ तथा बिक्रीदर १३३.७ रुपैयाँ तोकेको छ । नोभेम्बर २३ र २५ मा कायम सर्वाधिक मूल्यको रेकर्ड समेत तोडिएको छ । यी दुवै दिन अमेरिकी डलरको भाउ क्रमशः १३३.६८ र १३३.६६ रुपैयाँ पुगेको थियो ।

    डलरको भाउले आइतबार नोभेम्बर २३ को रेकर्डलाई समेत ब्रेक गरी नयाँ उचाई बनाएको हो । आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगो हुँदा बढी रकम तिर्नुपर्छ। यस्तै राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ। डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र केहि फाइदा हुन्छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij