Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एसआई–युकेले फेब्रुअरी ४ र ५ मा युके एजुकेशन फेयर आयोजना गर्दै


  • आइतबार, माघ ८ २०७९

  • एसआई–युकेले फेब्रुअरी ४ र ५ मा युके एजुकेशन फेयर आयोजना गर्दै

    ६ माघ २०७९, शुक्रबार
    काठमाडौं । एसआई–युकेले फेब्रुअरी ४ र ५ मा युके एजुकेशन फेयर आयोजना गर्दैछ। मेला फेब्रुअरी ४ मा राजधानीको होटल र्याडिसनमा र फेब्रुअरी ५ गते पोखराको सिटी स्क्वायरमा हुने आयोजकले जनाएको छ ।
    मेलामा युनिभर्सिटी अफ नर्थह्याम्प्टन, युनिभर्सिटी अफ लिड्स, युनिभर्सिटी अफ बर्मिङ्घम र ट्रिनिटी कलेज डब्लिनलगायत बेलायत र आयरल्याण्डका २५ ठूला विश्वविद्यालय तथा कलेजको सहभागिता रहने आयोजकले आज गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

    एसआई(युकेले यो कार्यक्रम नेपालमा हालसम्मकै सबैभन्दा ठूलो युके एजुकेशन फेयर भएको बताउँदै बेलायत र आयरल्याण्डमा उच्च शिक्षाको खोजीमा रहेका विद्यार्थीले डिग्री लिँदा र पछि विभिन्न अवसरका बारेमा जानकारी लिने मौका पाउने दाबी गरेको छ ।

    एसआई–युकेले यो अन्तर्राष्ट्रिय शिक्षा परामर्शदाता हो जसले विद्यार्थीहरूलाई युकेमा उच्च शिक्षा हासिल गर्न सहि परामर्श र भर्ना प्रक्रियामा सहयोग गर्दै आएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij