काठमाडौं – नेपाली कांग्रेस नुवाकोटले पार्टीका प्रभावशाली नेता अर्जुन नरसिंह केसीलाई प्रत्येक्ष तर्फ उम्मेदवार नै सिफारिस नगरे पछि केसी असन्तुष्ट बनेका छन । जिल्ला सभापति रमेश महतको अध्यक्षतामा बसेको बैठकले क्षेत्र नं २ मा केसीको नाम समानुपातिकमा सिफारिस गरेर बहादुर शिंह लामालाई प्रत्यक्ष तर्फ सिफारिस गरेको छ । उक्त क्षेत्रबाट लालिमाया तामाङ र राज्यलक्ष्मी श्रेष्ठ (दुवै महिला महासमिति सदस्य) पनि प्रत्येक्ष तर्फ नै सिफारिस भएका छन ।
नुवाकोट क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ भने रामशरण र प्रकाशशरण महत सिफारिस भएका छन् । डा रामशरण महतको समानुपातिकमा पनि १ नम्बरमा नाम सिफारिस गरिएको छ । उनीसँगै डा. केदानरसिंह केसी, कृष्णबहादुर लामा, प्रकाश गोतामे र सीता मिजारको नाम पनि समानुपातिकमा सिफारिस भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
