काठमाडौं – नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं . ६ ले प्रतिनिधि सभा का लागी भीमसेन दास प्रधान र सबुज कृष्ण बानियाँ लाई उम्मेदवार सिफारिस गरेको छ । प्रधान उक्त क्षेत्रका सांसद हुन भने बानियाँ काठमाडौं जिल्ला सभापति हुन । त्यसैगरी समानुपातिक तर्फ गोविन्द परियार र अम्बिका शर्मा सिफारिस भएका छन ।

परियार प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार हुन । शर्मा व्यावसायी हुन ।
प्रदेश ‘ख’ को लागी हरिहर अधिकारी, विष्णुभक्त तिमिल्सिना र राजकुमार डंगोल सिफारिस गरिएको छ । प्रदेश समानुपातिकमा श्यामकृष्ण खड्गी र सिता घिमिरेलाई सिफारिस गरिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
