Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मुथुट फिनकर्प र आइएमईबीच सम्झौता


  • शुक्रबार, भाद्र १७ २०७९

  • मुथुट फिनकर्प र आइएमईबीच सम्झौता

    काठमाडौं– मुथुट फिनकर्प र आइएमईबीच सम्झौता सम्पन्न भएको छ। इन्डो नेपाल करिडोरको रेमिटेन्स प्रवर्द्धन गर्ने उद्देश्यसहित उक्त सम्झौता सम्झौता सम्पन्न भएको हो।
    सम्झौता पत्रमा मुथुट फिनकर्पका तर्फबाट सिइओ साजी वर्गीस र आइएमईका तर्फबाट गौतम नैथानीले हस्ताक्षर गरेका हुन्। इण्डियामा बुधबार आयोजित उक्त कार्यक्रममा मुथुट फिनकर्पका अध्यक्ष एवम् प्रबन्ध निर्देशक थोमस जोन मुथुट, आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेललगायतका अधिकारीको उपस्थिति रहेको थियो।
    मुथुट फिनकर्पका सिइओ साजी वर्गीसले ३ हजार ६०० शाखाहरू मार्फत भारतमा बसोबास गर्ने र आम्दानी गर्ने नेपाली समुदायलाई उनीहरू को घरदैलोमा सेवा प्रदान गर्ने यो एउटा विस्तारित कदम भएको विश्वास व्यक्त गरे।

    यो साझेदारीले आफ्नो मेहनतको कमाइ नेपालका परिवारहरू लाई घर फर्काउनको लागि भरपर्दो र सुरक्षित प्लेटफर्म हुने बताइएको छ। नेपाली आप्रवासीहरू ले मुथुट फिनकर्पको तीन हजार ६०० भन्दा बढी शाखाहरूमध्ये कुनै पनि शाखाबाट नेपालमा रहेका आफ्ना परिवारलाई तत्काल पैसा पठाउन सक्नेछन्।

    यो सुविधाबाट ५० लाख नेपाली आप्रवासी लाभान्वित हुने अपेक्षा गरिएको कम्पनीले बताएको छ। कम्पनीले दुई सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिब १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीले कमाएको रकम छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij