काठमाडौं – नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधन भएको छ । शनिवार साँझ काठमाडौंको मेडिसिटी अस्पतालमा उनको निधन भएको हो । कांग्रेस भित्र वैचारिक नेताको छवि बनाएका गिरी गान्धीवादी नेता हुन । विपी कोइरालाको प्रजातान्त्रिक समादवादका अनुयायी हुन ।
पद र प्रतिष्ठाका लागी कहिल्यै आशक्ति नदेखाएका उनी निष्ठा र आर्दशको राजनिति गर्दथे । कांग्रेस भित्र वैचारिक र आर्दशवादी नेताको अभाव भइरहेको वेला गिरिको निधन नेपाली राजनितिकै अपुरणिय क्षति हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
