Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको तोरीबारीमा


  • शुक्रबार, असार १० २०७९

  • सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको तोरीबारीमा

    काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनलले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तारलाई निरन्तरता दिएको छ ।
    यसै क्रममा बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– ७ स्थित तोरीबारीमा ९५ औँ शाखारहित बैंकिङ्ग सेवा प्राभरम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी बाबुराम थापालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।

    शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij