Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कामना सेवा विकास बैंकले पनि सार्वजनिक शौचालय सञ्चालन गर्ने


  • मंगलबार, असार ७ २०७९

  • कामना सेवा विकास बैंकले पनि सार्वजनिक शौचालय सञ्चालन गर्ने

    काठमाडौं– कामना सेवा विकास बैंकले काठमाडौँ महानगरपालिका भित्र रहेका ८ वटा शाखा कार्यालयहरूका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिने भएको छ । सोमबार बैंकले काठमाडौँ महानगरपालिकसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

    नगर कार्यपालिकाको जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउन गरेको काठमाडौँ महानगरको आह्वान अनुरुप बैंकले आफ्नो ऐक्यबद्धता जनाएको हो ।
    सार्वजनिक प्रयोगका लागि सञ्चालनमा ल्याउने सार्वजनिक शौचालयको सरसफाई र आवश्यक सामानहरुको व्यवस्था बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वयंले गर्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिण बस्नेतले महानगरका नवनिर्वाचित मेयरको काठमाडौंलाई व्यवस्थित गर्ने नीतिअनुरुप बैंकले पनि एक्यबद्धता जनाएको बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij