Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थप १७ जनामा कोरोना संक्रमण


  • आइतबार, बैशाख २५ २०७९

  • थप १७ जनामा कोरोना संक्रमण

    काठमाडौं- पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९०५ जनाको पीसीआर परीक्षणमा १७ जना र १ हजार १०५ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १७ जनामा संक्रमण पुष्टि भएको हो ।
    पछिल्लो २४ घण्टामा कोरोनाबाट २१ जना निको भएका छन् भने हाल देशभर २०१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २०० जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १ जना आईसीयूमा उपचाररत् छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij