काठमाडौं– बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सुरक्षामा खटिने सुरक्षाकर्मीको मृत्यु भएमा आश्रित परिवारलाई २० लाख दिने निर्णय गरिएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘निर्वाचन सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग) तथा म्यादी प्रहरीको मृत्यु भएमा परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको हो ।
निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मी घाइते भएमा उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । त्यस्तै हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवान सरह रासन भत्ता दिने निर्णय गरिएको छ । सुरक्षाकर्मीलाई भत्ता र आश्रित परिवारलाई क्षतिपूर्ति दिन गृह मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको थियो । सोहि आधारमा उक्त निर्णय भएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
