Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नबिल बैंक र पिआईएससी नेपालबीच सम्झौता


  • मंगलबार, बैशाख ६ २०७९

  • नबिल बैंक र पिआईएससी नेपालबीच सम्झौता

    काठमाडौं – काठमाडौंमा गत चैत २५ र २६ गते सम्पन्न ‘युवा उद्यमशीलतामार्फत दिगो विकास लक्ष्यहरू प्राप्त गर्ने’ कार्यशालाको प्रायोजन नबिल बैंकले गरेको छ ।
    सामाजिक परिवर्तनका लागि परोपकारी अभियान (पिआईएससी) को आयोजनामा सञ्चालित दुईदिने कार्यशालाको प्रायोजन गरेको हो । नबिल बैंकको तर्फबाट नायब महाप्रबन्धक आदर्श बजगाईं र पिआईएससीका कार्यकारी निर्देशक प्रवीण खनालले युवा उद्यमशीलतालाई मद्दत र प्रवर्द्धन गर्ने उक्त प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका थिए ।
    युवा उद्यमशीलतामार्फत दिगो विकास लक्ष्यहरू प्राप्त गर्न आयोजित उक्त कार्यशालामा विभिन्न विश्वविद्यालयका विद्यार्थी, इच्छुक उद्यमीलगायत उद्यमशीलता विकासका लागि आफ्नो विचार र अवधारणा नोट प्रस्तुत गरेका थिए । उत्कृष्ट अवधारणालाई पिआईएससीद्वारा प्रकाशित पुस्तिकामा प्रकाशित गरिने आयोजक संस्थाले बताएको छ । उक्त कार्यशालाबाट अब्बल छानिएका अवधारणा तथा कार्यपत्रहरूलाई नबिल बैंकले आवश्यक परेमा बैंकको नीतिको अधिनमा रही विभिन्न बैंकिङ्ग सेवाहरू प्रदान गर्नेछ ।

    उक्त कार्यशालामा बोल्दै नबिल बैंकका नायव महाप्रबन्धक आदर्श बजगाईंले युवा उद्यमशीलता मार्फत आर्थिक वृद्धि तथा दिगो विकाशका लक्ष्यहरू हसिल गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै आयोजक संस्थाका कार्यकारी निर्देशक प्रवीण खनालले राष्ट्र निर्माणका लागि युवा उद्यमशीलता महत्त्वपूर्ण रहेकोमा जोड दिए । साथै, नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीले राष्ट्रको आर्थिक उन्नतिमा महिलाद्वारा सञ्चालित व्यवसाय/उद्यमलाई प्रवर्द्धन गर्नुपर्ने बताइन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij