Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आजबाट उपकार लघुवित्तको आईपीओ खुल्यो


  • शुक्रबार, चैत्र २५ २०७८

  • आजबाट उपकार लघुवित्तको आईपीओ खुल्यो

    काठमाडौं – उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज (शुक्रबार) बाट खुला भएको छ। लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँअंकित मूल्यमा दुई करोड ३६ लाख २५ हजार रूपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन गरेको हो।

    कम्पनीले जारी पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले साधारण सेयर बिक्री सुरु गरेको हो। त्यसमध्ये ०.५० प्रतिशत अर्थात ३ हजार २८१ कित्ता शेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने २ लाख २१ हजार १५६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
    लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १००० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ।

    लघुवित्तको आईपीओमा चैत २५ गते देखि २९ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरे २०७९ बैशाख ९ गतेसम्म म्याद थप हुनेछ। कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा लघुवित्तलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ। यसले लघुवित्तको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

    लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता प्रभु क्यापिटल रहेको छ। २०७५ चैत १ गते देखि औपचारीक रुपले कारोबार शुभारम्भ गरेको लघुवित्तको प्रदेशस्तरको रहेको छ। लुम्बिनी प्रशेद कार्यक्षेत्र बनाएको लघुवित्तको १० वटा जिल्लामा ३२ वटा शाखा कार्यालहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij