काठमाडौं – देशको प्रमुख सुरक्षा अंग नेपाल प्रहरीको नेतृत्व चयन रोचक मोडमा पुगेको छ । गृह मन्त्रालयले हालै थपिएको तीन एआइजी दरवन्दीमा बढुवा सिफारिस गरे पछि आइजीपी चयनले नयाँ मोड लिएको हो । डिआइजीहरु रबीन्द्र धानुक धिरज प्रताप शिंह र बशन्त पन्तलाई सिफारिस गरे पछि आइजीपीको दावेदार शिंह र धानुक थपिएका छन । पन्तले अहिलेका आइजीपी शैलेश थापासंगै अवकाश पाउने हुँदा प्रतिस्पर्धामा छैनन । यस अधि नै एआइजीमा वहाल विश्वराज पोखरेल र सहकुल थापा पनि स्वभाविक रुपमा आइजीपीका दावेदार छन । अव चार एआइजी मध्य वरिष्ठतम वा सरकारले योग्य सम्झेको एआइजीलाई मन्त्रीपरिषदले आइजीजीमा नियुक्त नियुक्त गर्ने छ।
बढुवा सिफारिसमा असन्तुष्टी
डिआइजीवाट एआइजी बढुवा सिफारिस गर्दा योग्यलाई नगरिएको भन्दै असन्तुष्टी देखिएको छ । डिआइजी उत्तम सुवेदी बढुवामा नपरेकोमा धेरै विरोध देखिएको छ । कुनै वेला शेरवहादुर देउवा प्रधानमन्त्री भएकै वेला पिएसओ रहेका धानुक माओवादीको वलजोडमा बढुवामा परेका छन । उनी अर्थमन्त्री जर्नादन शर्मा निकट छन । डिएसपी हुँदा नै उनी शर्माको गृह जिल्ला रुकुमको इन्चार्ज बनेका थिए । पन्त वालुवाटारको इच्छा अनुसार बढुवामा परेका हुन ।
पोखरेललाई संकट
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका वेला आफुभन्दा वरिष्ठलाई उछिनेर एआइजी बनेका विश्वराज पोखरेललाई संकट थपिएको छ । एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल निकट पोखरेललाई आइजीपी बनाउने योजना साथ अघि बढाइएको थियो । अहिलेको राजनितिक समिकरणका कारण उनी संकटमा परेको धेरैको बुझाइ छ ।
को बन्ला आइजीपी ? शिंह, थापा र धानुक वलिया प्रतिस्पर्धी
भावी आइजिपीका लागी शिंह थापा र धानुक मध्य एक आइजीपी बन्ने सम्भावन बलियो छ । वरिष्ठतालाई प्राथमिकता दिइयो भने थापा प्रवल दावेदार हुने छन भने सरकारले योग्य सम्झेकोवाट बनाइए शिंह र धानुक मध्यवाट आइजीपी हुने छन । व्यवसायीक दृष्टीले शिंह वलिया देखिन्छन भने धानुक सुदुर पश्चिमको समेत भएकाले कांग्रेस र माओवादीले साझाँ ढंगवाट अघि बढाउने सम्भावना समेत छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
