काठमाडौं – वैसाखमा संघिय संसद को निर्वाचन कि स्थानिय निर्वाचन भन्ने विषयमा सत्ता गठवन्धनको राजनितिक संयन्त्रमा आज छलफल हुने भएको छ । बैठक अपरान्ह ४ बजे बोलाइएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वैसाखमै संसदिय निर्वाचन गर्न प्रस्ताव गरेका छन । उनलाई नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले साथ दिएका छन ।
तर प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वैसाखमा स्थानिय चुनावको पक्षमा छन । यद्यपी उनले सत्ता गठवन्धनमा सहमति जुटे लचिलो बन्ने संकेत गरेका छन । माओवादी सत्ता गठवन्धन जोगाउन छिटो संसदिय निर्वाचनको पक्षमा छ । एकिकृत समाजवादीको अवस्था पनि उस्तै छ ।
कांग्रेसमा भने दुई थरी मत प्रकट भएको छ । शिर्ष र प्रभावशाली नेताहरु वैसाखमै संसदिय निर्वाचन गरेर सुरक्षित हुन चाहन्छन भने युवा नेताहरु वैसाखमा स्थानिय निर्वाचन गरेर पछि संघ र प्रदेशको निर्वाचन गर्नु पर्ने पक्षमा छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
