Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अर्काको नाममा परिक्षा दिदै गरेका २ जना नक्कली परिक्षार्थी पक्राउ


  • सोमबार, पुष १९ २०७८

  • अर्काको नाममा परिक्षा दिदै गरेका २ जना नक्कली परिक्षार्थी  पक्राउ

    काठमाडौं– सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परिक्षामा अर्काको नाममा परिक्षा दिँदै गरेका २ जना नक्कली परिक्षार्थी पौष १७ गते पक्राउ परेका छन् ।
    पक्राउ पर्नेहरुमा बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका ६ बस्ने १८ बर्षिय निल कुमार अदै र धनकुटा जिल्लाको सहिदभूमी गाउँपालिका ५ बस्ने २७ बर्षिय सौहार्द राई छन् ।
    सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी पोखराबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर ३१७१५ का सुनिल पुन मगरको स्थानमा अदै र सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनी पकलीबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर १४४२० का योगेन्द्र राईको स्थानमा नक्कली उम्मेदवार बनी परिक्षा दिन खोज्ने सौहार्द राईले परिक्षा दिने प्रयास गरेका थिए ।
    हालै प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगितद्वारा पदपुर्ती गरिने साधारण समुह साधारण उपसमुहतर्फ सशस्त्र प्रहरी जवान पदकोे लिखित परिक्षामा सशस्त्र प्रहरी बलको तर्फबाट ‘थम्ब रिडर बायोमेटिक डिभाईस’ प्रयोग गरी परिक्षार्थीहरुको एकिन गर्ने क्रममा नक्कली परिक्षार्थी प्रमाणीत भएको हो ।
    पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि प्रहरीलाई बुझाईएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij