काठमाडौं – धनुषाको पोर्ताहा पुलमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ। पूर्व – पश्चिम राजमार्ग अवरुद्ध गरेको उक्त पार्टीका कार्यकर्ता लाई हटाउने क्रममा प्रहरीले गोली चलाएको छ ।
प्रहरीको गोली लागेर नथु यादव, राम दयाल मण्डल, सञ्जय साह, विजय यादव र वैजनाथ साह घाइते भएका छन्। घाइतेमध्ये वैजनाथको टाउकामा गोली लागेको प्रहरीले जानकारी दिएको छ।
सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता केहि समय देखि हिंसात्मक आन्दोलनमा सक्रिय छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
