Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चितवनमा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु


  • सोमबार, चैत्र ३० २०७७

  • चितवनमा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

    चितवन – चितवनको राप्ती नगरपालिकामा भएको ट्याक्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा चितवनको राप्ती नगरपालिका ५ का ३५ वर्षीय खड्क लामा, चितवनको खैरहनी नगरपालिका ९ का ४० वर्षीय मगन महतो, खैरहनी ९ कै ५० वर्षकी छनिया महतो र राप्ती ४ का ४५ वर्षीय सिताराम श्रेष्ठ रहेको चितवन प्रहरीले जनाएको छ । एकजना २४ -२५ वर्षीय पुरूषको पहिचान खुल्न बाँकी छ ।
    राप्ती नगरपालिका वडा नम्बर ११ स्थित चिउरी खोलामा आइतबार बेलुका ना १ त ६२८२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।
    उपचारको क्रममा पुरानो मेडिकल कलेजमा चारजना र भरतपुर अस्पतालमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
    वडा नम्बर ११ को वडा कार्यालय भवनको ढलानको काम सकेर फर्किंदै गरेका कामदार सवार ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
    ट्याक्टरमा सवार १७ जना घाइते भएका छन् । घाइतेहरुमध्ये ६ जनाको अवस्था गम्भीर छ । घाइतेहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij