Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

महासंघ काठमाडौंको अध्यक्षमा सूर्य सुवेदी विजयी


  • शुक्रबार, चैत्र २७ २०७७

  • महासंघ काठमाडौंको अध्यक्षमा सूर्य सुवेदी विजयी

    काठमाडौं – नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको अध्यक्षमा सूर्य सुवेदी विजयी भएका छन् । बिहीबार राति सम्पन्न मतपरिणाम अनुसार सुवेदी ७१३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी मोहन पन्तले ३३७ मत प्राप्त गरेका थिए ।
    देशभरको सबैभन्दा धेरै मतदाता रहेको काठमाडौं शाखाको बुधबार सम्पन्न निर्वाचनमा एक हजार २३४ मत खसेको थियो ।

    यस्तै उपाध्यक्षमा रामचन्द्र दुलाल, महिला उपाध्यक्षमा अप्सरा गौतम, सचिवमा महेश्वर गौतम, सहसचिवमा अर्जुन डोटेल र कोषाध्यक्षमा अजित अधिकारी विजयी भए ।
    खुला सदस्यमा कमलराज राई, कृष्णप्रसाद ढुंगेल, कृष्णराज गौतम, बुद्ध योञ्जन लामा, रमेशकुमार बोहरा, रमेश लामिछाने, रीना श्रेष्ठ र शैलेश डंगोल विजयी भएका छन् ।
    मधेशी सदस्यमा मीनाकुमारी यादव, दलित सदस्यमा शोभा नेपाली, समावेशी सदस्यमा दीपक काफ्ले र महिला सदस्यमा शोभा अर्याल विजयी भएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij