काठमाडौं – दुगड आइरन उद्योगका सञ्चालक प्रकाश दुगड चेक अनादर सम्बन्धी कसूरमा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई शुक्रबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार प्रहरी वृत्त, मालिगाउँमा उनीविरुद्ध गत माघमा किटानी जाहेरी परेको थियो । पीडितले ५ लाख ६७ हजार रुपैयाँको चेक बाउन्स भएपछि कारबाहीका लागि जाहेरी दिएलगत्तै जिल्ला अदालत, काठमाडौंबाट पक्राउ पूर्जी जारी भएको थियो ।
बैंकिङ कसूर सम्बन्धी मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
