Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कीर्ते गरी ठेक्का लिएको आरोपमा एकजना ठेकेदार पक्राउ


  • बिहिबार, चैत्र ५ २०७७

  • कीर्ते गरी ठेक्का लिएको आरोपमा एकजना ठेकेदार पक्राउ

    काठमाडौं – कीर्ते कागजात पेस गरी ठेक्का हात पारेको अभियोगमा प्रहरीले एकजना ठेकेदारलाई पक्राउ गरेको छ । भ्याली कन्स्ट्रक्सन प्रालिका सञ्चालकसमेत रहेका ४१ वर्षीय रविन्द्र महर्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले बुधबार काठमाडौंबाट पक्राउ गरेको हो ।

    उनले बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा समितिको लेटर प्याड कीर्ते गरेको प्रहरीले जनाएको छ । निर्माण नै सुरु नगरेकाे बहुतल्ले अस्पताल भवनलाई ४३ करोड ३७ लाख ५५ हजार ९ सय रुपैयाँमा निर्माण सम्पन्न गरी संस्थालाई हस्तान्तरण गरेको भनी कम्पनीले प्रमाणित गरेको नक्कली कागजात महर्जनले पेस गरेका थिए ।

    पक्राउ परेका महर्जनमाथि लिखतसम्बन्धी कसूरको मुद्दा चलाइने सीआईबीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij