काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा दाहाल – नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरी प्रचण्ड पत्नी सिता दाहालको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिदै स्वास्थ्य लाभको कामना गरेका छन । नेकपा महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेर सिताको स्वास्थ्य अवस्थाका वारेमा जानकारी लिएका छन् । अचानक स्वास्थ्य विग्रिएपछि उनलाई वुधवार अस्पताल भर्ना गरिएको हो । सिताको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
