Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

२४ घण्टामा थप ६१३ जनामा कोरोना संक्रमण


  • बिहिबार, पुष ९ २०७७

  • २४ घण्टामा थप  ६१३ जनामा कोरोना संक्रमण

    काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप ६ सय १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ सय १३ जनामा कोरोना पुष्टि भएको हो।

    यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको छ। पछिल्लो २४ घण्टामा ७३९ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४७ हजार ४ सय पुगेको छ।

    त्यस्तै, यसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ८ पुगेको छ।

    पछिल्लो २४ घण्टामा ५५१० जनामा कोरोना परीक्षण गरिएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij