Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सनराइज बैंकको संस्थापक शेयर बिक्रीमा


  • बिहिबार, पुष २ २०७७

  • सनराइज बैंकको  संस्थापक शेयर बिक्रीमा

    काठमाडौं– सनराइज बैंकको ४ लाख ६५ हजार १ सय ८१ कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । बैंकका ३ जना संस्थापक शेयरधनीहरुले उक्त परिमाणको शेयर बिक्री गर्ने भएका हुन ।

    बैंकले बिहीबार प्रकाशित गरेको सूचना अनुसार बैंकका तीन जना शेयरधनीले ४ लाख ५० हजार कित्ता, १० हजार कित्ता र ५ हजार १ सय ८१ कित्ता संस्थापक बिक्री गर्न लागेका हुन । सो संस्थापक शेयरको मूलय प्रतिकित्ता १ सय ६५ रुपैयाँ तोकिएको छ ।

    बैंकको संस्थापक शेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिन भित्र निवेदन पेश गर्न गर्न बैंकले आग्रह गरेको छ ।

    उक्त शेयर खरिदका लागि बैंकका संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन पाउने बैंकले जनाएको छ । आवेदन बैंकको प्रधान कार्यलय ,गौह्रिधाराको शेयर रजिष्ट्रार विभागमा लिखित निवेदन पेश गर्न अनुरोध गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij