काठमाडौं – नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजीको दरवन्दी थप भएको छ । मन्त्रीपरिषदले संघिय प्रहरी र प्रदेश प्रहरी संरचना स्वीकृत गरे संगै उच्च अधिकृतको संख्या बढाइएको हो । काठमाडौं उपत्यकामा अव एआइजीको कमाण्ड रहने छ भने साइवर व्यूरोमा डिआइजीको कमाण्ड रहने छ । थपिएका अन्य चार डिआइजी प्रहरी प्रधान कार्यालयमा रहने छन ।
दरवन्दी बढेसंगै वढुवाको वाटो खुलेको छ । एआइजी प्रतिस्पर्धामा डिआइजीहरू विश्वराज पोखरेल, सहकुल थापा, धीरजप्रताप सिंह, उत्तम सुवेदीलगायत छन् । डिआइजीको प्रतिस्पर्धामा पुरुषोत्तम कँडेल, देवबहादुर बोहरा, गणेश ऐर, दिलीप चौधरी, राजेशलाल कर्ण, रामकृपाल शाह, उमेश रञ्जितकार, प्रकाश अधिकारी, शेखर कोइराला, किशोर दाहाल र शौरभ राणा छन् । यी सबै आइजीपी शैलेश थापाका व्याचका हुन । अव महानगरिय प्रहरीको अवधारणा खारेज भई संघिय प्रहरी रहने छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
