Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वीरगन्जबाट १३१ किलो गाँजासहित एक जना पक्राउ


  • बिहिबार, असोज २२ २०७७

  • वीरगन्जबाट १३१ किलो गाँजासहित एक जना पक्राउ

    वीरगन्ज — पर्साको पटेर्वासुगौली गाउँपालिका–५ देउरिया टोलबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । प्रहरीले एक जना गाँजा कारोबारीलाई पनि पक्राउ गरेको छ ।
    विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बुधबार राति साढे १२ बजे देउरिया टोल निवासी ४० वर्षीय राज ओझैयाको घरमा खनतलासी गर्दा १३१ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मनोजित कुँवरले जनाए । घरमा गाँजा लुकाएर राखेका औझैयालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको कुँवरले बताए ।
    यसैगरी प्रहरीले मंगलबार राति साढे १० बजे पर्साको कालिकामाई गाउँपालिका– १ तीनडुविया निवासी २९ वर्षीय खोवारी प्रसादको घरबाट ८ किलो लागूऔषध अफिम बरामद गरेको थियो

    इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले अफिमसहित खोवारीलाई नियन्त्रणमा लिएको डीएसपी मनोजित कुँवरले जनाए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij