कानमाडौं – चौतर्फी दवाव पछि सरकार कर बुझाउने ताकेता वाट पछि हटेको छ । असार ७ गते सम्म कर वुझाउने नयाँ मिति तोकिएको छ । सरकारले जेठ २५ सम्प करदातालाई कर वुम्याउन दिएको थियो । सरकारी निर्णयको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहित व्यवसायीहरुले चर्को विरोध जनाएका थिए ।
करदाताहरूले आवधिक रूपमा बुझाउनुपर्ने कर विवरण, आय विवरण तथा ती विवरणअनुसार भुक्तानी गर्नुपर्ने कर दाखिल गर्ने म्याद २०७७ जेठ २५ र जेठ मसान्तसम्म थप गरिएकोमा उक्त अवधि पुन: देहायबमोजिम थप गरिएकाले सो अवधिभित्र विवरण र कर दाखिल गर्नुहुन सम्बन्धि सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ आन्तरिक राजश्व विभागद्वारा जारी सूचनामा भनिएको छ ।
देहायमा अधिकांश कर दाखिलाको म्याद असार ७ तोकिएको छ । यद्यपि आयकर ऐन २०५८ बमोजिम २०७६ चैत महिनामा बुझाउनुपर्ने आर्थिक वर्ष २०७६/७७ को संशोधित अनुमानित कर विवरण र दोस्रो किस्ताबापतको रकम दाखिला गर्ने म्याद भने २०७७ साल असार १५ सम्म थपिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
