Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चौविस घण्टा भित्र कैलालीमा दुई सामूहिक बलात्कारको घटना


  • बुधबार, बैशाख ३ २०७७

  • चौविस घण्टा भित्र कैलालीमा दुई सामूहिक बलात्कारको घटना

    कैलालीमा अर्कि एक किशोरी बलात्कारमा परेकी छिन । प्रहरीका अनुसार कैलालीको भजनी नगरपालिकाकी १५ वर्षीया किशोरी मंगलबार साँझ सामूहिक बलात्कारमा परेकी हुन्। गोठालो गएका बेला उनलाई तीन जना मिलेर बलात्कार गरेको प्रहरीले जनाएको छ।घटनामा संलग्न तीनै जनलाई पक्राउ परेका छन ।

    घटनामा संलग्न कैलाली जोशीपुर गाउँपालिका वडा नम्बर ४, लालपुरवाणीका वर्ष २९ का रामकुमार चौधरी, सोही ठाउँका २२ वर्षीय मंगल चौधरी र ३१ वर्षका सुरेशकुमार चौधरीलाई नियन्त्रणमा लिइएकाे हाे।

    यसअघि सोमबार मध्यराति कैलालीकै गौरीगंगा नगरपालिका १ कि १७ वर्षीया किशोरीलाई पनि चार जनाले बलात्कार गरेका थिए। घटनामा संलग्न आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij