काठमाडौ – सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि डा. राजन खनाल, चिन्तामणि सिवाकोटी र महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको हो । चिरञ्जीवी नेपालको कार्यकाल कार्यकाल समाप्त भएपछि गर्भनर पद रिक्त थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
