Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्राइम कमर्सियल बैंकमा कैलाश विकास बैंक गाभियो


  • बिहिबार, फाल्गुन २९ २०७६

  • प्राइम कमर्सियल बैंकमा कैलाश विकास बैंक गाभियो

    काठमाडौं –  प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ती(एक्विजिशन) गरी एकिकृत कारोबार शुरु गरेको छ । प्राप्ती पश्चात प्राइम कमर्शियल बैंक लिमिटेडको नामबाट फागुन २९ गते(आज) बाट एकिकृत कारोबार शुरु भएकाे हाे ।

    प्राइम कमर्शीयल बैकले कैलाश विकास बैंकलाई १००ः९४ हाराहारीको सेयर स्वाप रेसियोमा गाभ्ने गरी गत असोज १५ गते सहमति गरेको थियो ।

    अब प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या १९९ हुनेछ । प्राइम बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा रहेको छ भने ‘ख’ वर्गको वित्तीय संस्था कैलाश विकास बैंकको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नं.३२, न्यूप्लाजामा रहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij