Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रौतहटमा प्रहरीले अभियुक्त समात्न चलायो गोली


  • बुधबार, फाल्गुन ७ २०७६

  • रौतहटमा प्रहरीले अभियुक्त समात्न  चलायो गोली

    रौतहट– रौतहटमा प्रहरीले गोली हानेर एक दर्जन भन्दा बढी मुद्दाका फरार अभियुक्तलाई नियन्त्रणमा लिएको छ। कर्तव्य ज्यान, चोरी डकैतीलगायत मुद्दामा फरार रहेका रौतहट मौलापुर ८ सोनरनियाका अभय सिंह भन्ने कामेश्वर पटेल कुर्मीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
    मंगलबार राति बारा प्रहरीको सहयोगमा उनलाई चन्द्रपुर नगरपालिका- ४ स्थित पूर्वपश्चिम राजमार्गबाट २०० मिटर दक्षिणतिर धन्सारबाट जंगलसहिया जाने क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
    प्रहरीलाई देख्नासाथ उनले फायर खोल्न लागेपछि प्रहरीले ४ राउन्ड गोली हानेर हानेको थियो। बाँया खुट्टामा दुई राउन्ड गोली लागेका उनको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ। कुर्मीको साथबाट नलकटुवा पेस्तोल थान १ त्यसमा लाग्ने ५ राउन्ड गोलीसमेत बरामद भएको छ ।
    पक्राउ परेका कुर्मी तराई जन्तानत्रीक मुक्ती मोर्चाका इन्चार्ज भई काम गरेका थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij