काठमाडौं – गुण्डा नाइके सुजन पौडेल उर्फ रमेश बाहुनलाई १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना सजायको फैसाला भएको छ ।
जिल्ला अदालत, काठमाडौंले आइतबार लागूऔषध कारोबार र हातहतियार तथा खरखजना ऐनअनुसार सजाय सुनाएको हो ।
न्यायाधीश नवराज दाहालको इजलासले उनलाई कैद र जरिवाना सजाय तोकेको हो । पौडेललाई १० असार २०७१ मा कलंकीबाट लागूऔषध खैरो हेरोइन र कटुवा पेस्तोलको १० राउण्ड गोलीसहित पक्राउ गरेको भनिएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
