Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अजिता भुजेलको हत्यामा संलग्न ५ जना अभियुक्त पक्राउ


  • मंगलबार, माघ २१ २०७६

  • अजिता भुजेलको हत्यामा संलग्न ५ जना अभियुक्त पक्राउ

    हेटौंडा– हेटौंडा–११ कि अजिता भुजेलको हत्यामा संलग्न ५ आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ ।
    मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय, मकवानपुरले हत्यामा संलग्न ५ आरोपी प्रहरीले सार्वजनिक गरेको हो ।
    पक्राउ पर्नेमा हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, हेटौंडा–११ कि २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २४ वर्षीय आशिष बल र हेटौंडा–४ का २१ वर्षीय बुद्ध लामा छन् । घटनामा संलग्न भनिएका २ जना भने अझै फरार छन् ।
    अजिताको हराएको मोबाइल बुद्ध लामाले साथी आशिषलाई दिएका थिए । आशिषले आफ्नी पत्नी एलिसालाई दिएका थिए । सोही मोवाइल अन भएपछि प्रहरीले सबैलाई पक्राउ गरेको हो ।
    यही माघ ४ गते बिहान हेटौंडा उपमहानगरपालिका–५, क्याम्पाडाँडास्थित कान्तिलोकपथमा अजिताको शव फेला परेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij