Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नक्कली नोटसहित ४ जना बंगलादेशी नागरिक पक्राउ


  • मंगलबार, पुष ८ २०७६

  • नक्कली नोटसहित ४ जना बंगलादेशी नागरिक पक्राउ

    भक्तपुर – महानगरिय प्रहरी वृत्त थिमिले नक्कली नोटसहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले नक्कली नोट पसलमा दिएर फरार हुने बंंगलादेशी नागरिक २६ वर्षका सुमन खान पक्राउ गरेको हो ।
    अनुसन्धानका लागि उनीसँगै कोठमा बस्दै आएका अन्य तीन जनालाई समेत पक्राउ गरिएको वृत्तका प्रमुख प्रहरी नायव उपरिक्षक शान्तिराज कोइरालाले जानकारी दिएका छन् ।

    पक्राउ पर्नेमा बङ्गलादेश नेत्रकुना घर भई लोकन्थली बस्ने वर्ष ४१ को अलि अहमद, सोही स्थान बस्ने वर्ष २१ को रोबेल मिक्दा र वर्ष २१ महमद उल्लाहा रहेका छन् । बंगलादेश फरिदपुर घर भई हाल लोकन्थली बस्दै आएका खानले रहेको एक गिफ्ट पसलमा सामान खरिद गरी नक्कली नोट २ हजार दिएका फरार भएका थिए ।
    खान लोकन्थलीमा रहेको लक्ष्मी सिलाई केन्द्रमा काम गर्ने गरेको र कोठामा खानतलासी गर्दा रु. १ हजार दरका नक्कली जस्तो देखिने १६ थान गरी जम्मा १८ थान नेपाली नोट बरामद गरिएको वृत्त प्रमुख कोइरालाले बताए ।
    नक्कली नोट दिई फरार रहेका मुख्य अभियुक्त सुमन खानलाई आईतबार राती काठमाडौ पेप्सीकोला टाउनप्लानिङमा लुकीछिपी बसिरहेको अवस्थामा प्रहरीले फेला पारी नियन्त्रणमा लिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij