Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पर्यटन बोर्डका सिइओ दिपक जोशीको म्याद तीन महिना थप


  • शुक्रबार, मंसिर २० २०७६

  • पर्यटन बोर्डका सिइओ दिपक जोशीको म्याद तीन महिना थप

    काठमाडौं – नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीको समयावधी तीन महिना थपिएको छ ।
    बोर्ड सञ्‍चालक समितिको बैठकले जोशीको कार्यकाल करिब तीन महिना थप गरेको हो ।
    बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत छान्न २१ दिने सूचना पनि सार्वजनिक भइसकेको छ ।  नयाँ कार्यकारी छनोट भएर आउन केही समय लाग्ने भएकाले कार्यकाल थपिएको हो । जोशीको कार्यकाल पुस पहिलो सातासम्म थियो । पर्यटन भ्रमण वर्षको मुखमै पर्यटन बोर्ड प्रमुख कार्यकारी विहीन हुने भएपछि पनि जोशीको कार्यकाल थपिएको हो । जोशीको कार्यकाल करिब तीन महिना थपिएको संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं बोर्ड संचालक समितिका अध्यक्ष केदार बहादुर अधिकारीले जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij