Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिटिजन्स बैंकको संचालकमा खालिङ नियुक्त


  • आइतबार, मंसिर ८ २०७६

  • सिटिजन्स बैंकको संचालकमा खालिङ नियुक्त

    काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनले सुदेश खालिङलाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको छ । बैंकको शुक्रवार बसेको ३२० औं सञ्चालक समितिको बैठकले बैंकिंग क्षेत्रमा करिव तीन दशक लामो अनुभव भएका खालिङलाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।

    बैंकका सञ्चालक अवनिन्द्र कुमार श्रेष्ठको पदावधि सकिएपछि रिक्त हुन गएको स्वतन्त्र संचालकको पदमा खालिङलाई नियुक्त गरिएको बैंकले जनाएको छ ।
    शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित खालिङले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा काम गरिसकेका छन । वाणिज्य बैंकमा सहायकबाट बैंकिंग पेशा शुरु गर्नु भएका खालिङले दुई वाणिज्य बैंकको अनुभव बटुल्दै प्रमुख कार्यकारी अधिकृतबाट निवृत भएका हुन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij