Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौंबाट ३७ लाख रकमसहित अवैध हुण्डी कारोवारी पक्राउ


  • सोमबार, मंसिर २ २०७६

  • काठमाडौंबाट  ३७ लाख रकमसहित अवैध हुण्डी कारोवारी पक्राउ

    काठमाडौं – ठूलो रकमसहित अवैध हुण्डी कारोवार गरेको आरोपमा प्रहरीले काठमाडौँको कुलेश्वरबाट भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत बेतिया घर भएका सत्यनारायण प्रसाद रहेको महानगरीय प्रहरीवृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिए ।
    उनका अनुसार उनको कोठामा छापा मार्दा रु ३६ लाख नगद, साट्न राखेको रु ३७ लाख पाँच हजारको चेक र एक लाख १९ हजार भारतीय रुपैयाँ बरामद गरिएको थियो । पैसा र चेकसहित उनलाई थप कारवाहीका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij