Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ग्वार्कोमा बसभित्र घेरा हाली ६४ हजार लुट्ने तीनजना पक्राउ


  • शुक्रबार, कार्तिक ८ २०७६

  • ग्वार्कोमा बसभित्र घेरा हाली ६४ हजार लुट्ने तीनजना पक्राउ

    ललितपुर – ललितपुरको ग्वार्कोबाट तीन जना पेसेबर लुटेरा पक्राउ परेका छन् । शुक्रबार कोटेश्वरबाट जावलाखेल जाँदै गरेको बसभित्र घेरा हाली धाकधम्की दिई ६४ हजार लुटपाट गर्ने तीनजना लुटेरा पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बलेफी–६ घर भई ललितपुर–१ इमाडोल बस्ते सुजन तामाङ, काभ्रे बेथानचोक–६ घर भई हाल ललितपुर महालक्ष्मी–१ बस्ने सुमन आलेमगर र मकवानपुर कुलेखानी–४ घर भई ललितपुर–१ राता मकैचोक बस्ने सुरज तामाङ रहेका छन् । उनीहरुले कोटेश्वरबाट जावलाखेल जाँदै गरेको बा.३ ख ४७६५ नम्बरको बसमा सवार रहेका काभ्रे स्थायी घर भएका मंगल बहादुर लोप्चनलाई बसभित्र घेरा हाली धम्की दिएर रकम लुटेका थिए । लोप्चन वैदेशिक रोजगारीमा जानको लागि बनेपाबाट काठमाडौँ आएका थिए ।

    बनेपाबाट कोटेश्वर ओर्लिएका उनी जावलाखेलमा रहेको मेनपावर जानको लागि बस चढेका थिए । बसमा यात्रुहरु खचाखच भएकाले उनी उभिएको र उभिएको समयमै तीनै जना लुटेराले घेरा हाली रकम लुटेको महानगरीय प्रहरी वृत सातदोबाटोका डिएसपी गौतम मिश्रले जानकारी दिए ।

    डिएसपी मिश्रका अनुसार रकम लुटिएपछि लोप्चनले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै चेकजाँच गर्ने क्रममा बसलाई प्रहरीले सातदोबाटोबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले बसमा रहेका सबै यात्रुलाई चेक जाँच गर्न सातदोबाटो वृतमा लगेको थियो । चेकजाँचको क्रममा सुजन तामाङको साथबाट लुटिएको ६४ हजार बरामद भएको डिएसपी मिश्रले बताए ।

    प्रहरीले लुटपाटमा संलग्न तीनै जनामाथि अनुसन्धान भइरहेको जनाएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij