Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

यौन दुर्व्यवहार गरेको आरोपमा युवक पक्राउ


  • बिहिबार, असोज ३० २०७६

  • यौन दुर्व्यवहार गरेको आरोपमा  युवक पक्राउ

    ललितपुर– यौन दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । कालीकोट खडाचक्र स्थायी घरभई हाल ललितपुर महानगरिपालिका वडा नं १५ सातदोबाटोमा बस्दै आएका दत्तबहादुर शाही पक्राउ परेका हुन् ।

    शाहीले २२ वर्षीया एक महिलालाई चिया खान जाउ भन्दै आफ्नो कोठामा लगि कोठाको चुकुल लगाएर यौन दुव्र्यवहार गरेको पिडित महिलाको भनाई छ । शाहीले दुर्व्यवहार गरेपछि पीडित महिला भागेर महानगरिय प्रहरी वृत्त सातदोबाटोलाई जानकारी गराएकी थिइन् ।

    प्रहरीलाई जानकारी प्राप्त हुनसाथ असोज २७ गते राती ११ बजे शाहीको कोठामा प्रहरी गइ शाहीलाई तत्कालै नियन्त्रणमा लिइएको वृत्त प्रमुख डिएसपी गौतम मिश्रले बताए । शाहीलाई यौन दुर्व्यवहारमा म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको वृत्त प्रमुख मिश्रको भनाई छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij