Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सानिमा बैंकको साधारणसभाबाट १० प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश पारित


  • बिहिबार, असोज ३० २०७६

  • सानिमा बैंकको साधारणसभाबाट १० प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश पारित

    काठमाडौं – सानिमा बैंकको बुधबार बसेको १५ औं साधारण सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ११.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ।
    यसअघि ८ अर्ब १२ लाख चुक्ता पूँजी रहेको बैंकको बोनस बापत ८० करोड १ लाख रुपैयाँ थपिएपछि ८ अर्ब ८० करोड १३ लाख रुपैयाँ भएको छ।
    गत आर्थिक वर्षमा २ अर्ब २६ करोड खुद मुनाफा, बैंकको कुल सम्पत्ति १ खर्ब ९ अर्ब, कुल निक्षेप ९२ अर्ब २८ करोड र खुद कर्जा ८३ अर्ब ४४ करोड रुपैयाँ रहेको छ।
    आर्थिक वर्षमा २०७४ ७५को तुलनामा गत आवको खुद मुनाफा ३३.०२, निक्षेप १६।.५४, कर्जा सापटी २०.५० र कुल सम्पत्ति १८.७८ प्रतिशतले वृद्धि गरेको बैंकले बताएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij