Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

१७ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ


  • बुधबार, असोज १ २०७६

  • १७ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त  पक्राउ

    काठमाडौं – कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन् ।
    नुवाकोट ककनी गाउँपाकिा ५ घर भइ चितवनको राप्ती नगरपालिका ७ मा बस्दै आएका ५८ वर्षीय भरत सुनारलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले भवानी बजारबाट पक्राउ गरेको हो ।
    २०५९ पुस २१ गते नुवाकोटको साविकको ककनी गाविस – ७ सिम्ले (हाल ककनी गाउँपालिका -५) की ७० वर्षीया पदमकुमारी गुरुङको मकैबारीमा शव फेला परेको थियो । सोही घटनामा उनको संलग्नता रहेको सीआईबीले जनाएको छ ।
    सुनारले ०५९ पुस २० गते छिमेकीको छोराको छेवर (ब्रतबन्ध) कर्मका बेला नाचगानका क्रममा विवाद भएपछि गुरुङलाई ढुंगाले हानेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
    पक्राउ परेका सुनारलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij