काठमाडौं– सेञ्चुरी कर्मिर्सयल बैंक लिमिटेडले नायव कार्यकारी प्रमुखमा मनोज न्यौपानेलाई नियुक्त गरेको छ ।
श्रावण २८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार बैंकको रिक्त नायव कार्यकारी प्रमुख पदमा हाल प्रमुख व्यवसाय अधिकृत पदमा कार्यरत न्यौपानेलाई श्रावण २८ गते देखि लागू हुने गरी नियुक्त गरेको हो ।
विगत २ वर्षदेखि बैंकको सहायक कार्यकारी प्रबन्धक पदमा कार्यरत न्यौपाने लक्ष्मी बैंकबाट बैंकिङ्ग सेवा प्रारम्भ गर्नु भई हिमालयन बैंक तथा सनराईज बैंक गरी करिब १५ वर्षको विस्तृत बैंकिङ्ग कार्यानुभव छ ।
न्यौपानेले काठमाडौं विश्व विद्यालयबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् । उनको लगनशीलता, बजार पहुँच, बैंकिङ्ग तथा वीत्त बजार सम्बन्धी ज्ञान तथा प्रभावकारी नेतृत्वमा बैंक आगामी दिनहरुमा अझ गतिशिल भई सफलताका साथ अगाडि बढ्ने विश्वास बैंकको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
