काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुस्ताङ घरपोजङ गांउपालिका वडा नं. ३ स्थित जनकल्याण आधारभुत विद्यालयमा अध्ययनरत कक्षा २ की छात्रा रेनुका परियारलाई पढाईको लागि आर्थिक सहयोग प्रदान गरेको छ । विपन्न परिवारमा जन्मिएकी उनी पढाईमा अब्बल तथा जेहेन्दार रहेकी तर शारिरिक अपाङ्गता र आर्थिक स्थिति कमजोर भएकोले पढाईमा निरन्तरता दिन कठिन भएकाले बैंकले सहयोग गरेको हो ।
जोमसोम अवस्थित सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडका शाखा कार्यालयका शाखा प्रमुख राजिब पौडेलले सो विद्यालयका प्रधानाध्यापक राम प्रसाद शर्मालाई चेक हस्तान्तरण गरेका छन् । उक्त आर्थिक सहयोगले उनको पढाईमा योगदान पुर्याउने विश्वास बैंकले लिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
