Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर बुटवलको रामनगरमा


  • शनिबार, जेष्ठ ४ २०७६

  • प्रभु बैंकको एक्स्टेन्सन काउण्टर बुटवलको रामनगरमा

    काठमाडौं – प्रभु बैंकले बुटवलको रामनगरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । वुटवल उपमहानगरपालिका वडा नं. १० रामनगरस्थित श्रम तथा रोजगार कार्यालयको परिसरमा बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

    श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख बालकृष्ण थापाले रामनगर एक्स्टेन्सन काउण्टरको उदघाटन गर्दै कार्यालयको सम्पूर्ण कारोबार आजैदेखि बैंकिङ प्रणालीमा प्रवेश गरेको जानकारी दिए ।

    कार्यालयमा आउने सेवाग्राहीहरुलाइ कार्यालयमा रकम बुझाउन अनावश्यक झण्झट नहोस् भन्ने उदेश्यले प्रभु बैंकसँग आवश्यक सहमति गरेर एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याईएको उनले जानकारी दिए ।

    विशेषगरी बैदेशीक रोजगारमा जान चाहने नेपाली नागरिकहरुलाई आवश्यक पर्ने श्रम स्वीकृति लिन सहज हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij