Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुजुकी मेगा एक्सचेज मेला शुरु


  • सोमबार, बैशाख ९ २०७६

  • सुजुकी मेगा एक्सचेज मेला शुरु

    काठमाडौं-सुजुकी इण्डियाद्वारा उत्पादित जापानिज ब्राण्डको मोटरसाइकल तथा स्कुटर नेपालका लागि आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्स प्रालिले वैशाख ९ गतेदेखि १५ गतेसम्म देशभर सुजुकी मेगा एक्सचेज मेला शुरु गरेको छ ।
    कम्पनीको आधिकारिक शोरुममा हुने यस मेला योजना अन्तर्गत कुनै पनि ब्रान्डका मोटरसाइकल वा स्कुटर एक्सचेज गरी सुजुकीको नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्न सकिनेछ ।
    कम्पनीका अनुसार यस योजनाअन्तर्गत गुड्दै नगुड्ने मोटरसाइकल वा स्कुटरलाई पनि न्यूनतमा ३० हजार तथा चालू अवस्थामा रहेका मोटरसाइकल वा स्कुटरलाई बजार मूल्यभन्दा थप १५ हजार प्रदान गरिनुका साथै नयाँ खरिदमा आकर्षक छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
    सुजुकी मोटरसाइकल तथा स्कुटरले राम्रो माइलेज दिने तथा अत्याधिक बलियो भएको तथा सुजुकीको नयाँ मोटरसाइकल वा स्कुटरमा ५ वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij