Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ग्रीन डेभलपमेन्ट बैंकको नयाँ शाखा पोखराको बागमारामा


  • सोमबार, बैशाख ९ २०७६

  • ग्रीन डेभलपमेन्ट बैंकको नयाँ शाखा पोखराको बागमारामा

    काठमाडौँ – ग्रीन डेभलपमेन्ट बैंकले पोखरा महानगरपालिका वडा न.-३३ बागमारा पोखरामा शाखा बिस्तार गरेको छ ।

    पोखरा महानगरपालिकाका मेयर मानबहादुर जि.सीले उक्त साखा उद्घाटन गरेका हुन् । घरमा रहेको पैसा बैंङ्कमा जम्मा गर्दा रकम सुरक्षित हुने, उत्पादनशील क्षेत्रमा बैङ्क मार्फत उपयोग हुने तथा ब्याज समेत आर्जन हुने भएकोले बैङ्कमा रकम जम्मा गर्ने बानी बसाल्न मेयर जि.सीले सबैमा आग्रह गरे ।
    बैङ्कका अध्यक्ष गणेशकुमार श्रेष्ठको अध्यक्षता सम्पन्न उतm कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्य ,वडा न. ३३ का वडा सदस्य दिपक लामिछाने, सरस्वती टिका बहुमुखी क्याम्पसका ब्यवस्थापन समितिका अध्यक्ष पिताम्बर पौडेल, बैङ्कका संचालक श्यामप्रसाद श्रेष्ठ लगायतले बोलेका थिए ।

    बैङ्कले केन्द्रिय कार्यालय बाग्लुङ्गबाट पोखरा महानगरपालिका वडा न.ं–८ सभागृहचोकमा स्थानान्तरण गर्न लागेको छ भने बैकको शाखा संख्या ९ पुगेको छ । बैंङ्गले विभिन्न वचत एवं मुद्धति खाताहरुमा आर्कषक ब्याजदर प्रदान गरेको तथा सहज र सुलभ ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ ।

    बैंङ्गले कृषि, पर्यटन जस्ता उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी कर्जा लगानी गर्दै आएको छ भने न्यून आय भएका वर्गलाई लक्षित गरी सामुहिक जमानीमा विपन्नवर्ग कर्जा समेत प्रवाह गर्दै आएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij