Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सात दिनभित्र एनसेलले ३९ अर्बभन्दा बढी कर चुक्ता गर्नुपर्ने


  • बुधबार, बैशाख ४ २०७६

  • सात दिनभित्र एनसेलले ३९ अर्बभन्दा बढी कर चुक्ता गर्नुपर्ने

    काठमाडौँ – सर्वोच्चले तीन महिनाभित्र एनसेलको पूँजीगत लाभकर निर्धारण गरी उठाउन सरकारलाई आदेश दिएपछि ठूला करदाता कार्यालयले ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ ७१ पैसा कर निर्धारण गरेको छ ।

    अहिलेसम्म एनसेलले २३ अर्ब भन्दा बढी कर बुझाइसकेको भन्दै करदाता कार्यालयले अब सात दिनभित्र थप ३९ अर्ब बुझाउनुपर्ने निर्णय गरेको हो । कार्यालयले पहिला एनसेलले तिरिसकेको करलाई मिलान गरी अब तिर्नुपर्ने बाँकी रकम कर निर्धारण गरेको हो ।
    कर निर्धारण पत्र एनसेललाई बुझाइसकेको करदाता कार्यालयले बतायो ।



    करदाता कार्यालयको निर्णय

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij