Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

उद्योगपति दिवाकर गोल्छाको निधन


  • बुधबार, चैत्र २७ २०७५

  • उद्योगपति दिवाकर गोल्छाको निधन

    काठमाडौं– नेपालका अग्रणी उद्योगी गोल्छा परिवारका दिवाकर गोल्छाको उपचारका क्रममा भारतमा निधन भएको छ। भारतको चेन्नईमा मृर्गौला प्रत्यारोपण गरेको दुई हप्तामै मंगलबार राति ६७ वर्षीय गोल्छाको निधन भएको हो।
    गोल्छा अर्गनाइजेसनलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेका दिवाकरले हुलास जस्तापाता, हुलास वायर, चिनी मिल तथा खाद्यन्न मिलहरूको स्थापनामा नेतृत्व लिएका थिए।
    नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष गोल्छा महासंघका वर्तमान प्रथम उपाध्यक्ष शेखर गोल्छाका दाजु हुन्।
    उनी २०६४ सालको संविधान सभामा नेपाली कांग्रेसबाट समानुपातिकतर्फ सांसद बनेका थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij