काठमाडौं– हुण्डाई मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाली नयाँ वर्ष २०७६ लक्षित आकर्षक योजना ‘हुण्डाई न्यू इयर डिलाइट’ सार्वजनिक गरेको छ ।
यो योजना अन्तर्गत ग्राहकले आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकले ५० हजारसम्मको एक्सचेन्ज बोनस तथा १५ हजारको लोयल्टी बोनस पनि प्राप्त गर्न सक्नेछन् ।
सबै हुण्डाई गाडीहरु ४ वर्षको निःशुल्क सर्भिसीङ तथा ३ वर्षको वारेन्टी सहित उपलब्ध छन् लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १५ डिलरहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
