तनहुँ– सिद्घार्थ बैंकले तनहुँ जिल्लाको दमौलीमा नयाँ शाखा स्थापना गरेको छ ।
दमौली शाखाको उद्घाटन व्यास नगरपालिकाका मेयर बैकुण्ठनाथ न्यौपाने र उद्योग वाणिज्य महासंघ नेपालका केन्द्रीय सदस्य देव कुमार श्रेष्ठबाट संयुक्त रूपमा गरेका थिए ।
बैंकले सो शाखा दमौली वडा नं २ सफा सडकबाट हालै दमौली व्यास नगरपालिका वडा नं ३ मा स्थानान्तरण गरेको हो ।
ग्राहकवर्ग र सरोकारवालाहरुको मन जित्न र थप सुविधा पुर्याउन बैंकले विभिन्न बचत खाता सञ्चालनमा ल्याउनुका साथ साथै विभिन्न सहुलियतपूर्ण कर्जा प्रदान गर्दै आइरहेको छ ।
बैंकको देशभर १४९ वटा शाखा रहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
